✍️ दिनेश सापकोटा
बुढीगंगा गाउँपालिका, मोरङ

एक घर एक गाई सबैले पालौ है ।।
गाईको मलले करेसा बारी अति रमाउँछ
त्यही मलले किसानले लाखौं कमाउँछ ।।
गाई पालौं है गाई पालौ है
एक घर, एक गाई, सबैले पालौ है ।।
ठूलालाई मात्र हैन, सम्मान गरौ
बैनी अनि भाइलाई ।।
हामीले खाने प्रथम गाँस
हाम्रै हो त गाईलाई ।।
गाई पालौ है, गाई पालौ है
एक घर एक गाई सबैले पालौ है ।।
गाई पाल्दा नौलो आयाम हुन्छ
बिहानी समयको व्यायाम हुन्छ ।।
गाई पालौ है, गाई पालौ है
एक घर एक गाई सबैले पालौ है ।।

तपाईको प्रतिक्रिया