काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा वैदेशिक रोजगारीमा जान दुई लाख ७० हजारभन्दा बढीले श्रम स्वीकृति लिएका छन् ।

वैदेशिक रोजगार विभागका अनुसार, २०८३ साउन १ गतेदेखि कात्तिक मसान्तसम्मको अवधिमा दुई लाख ७० हजार ५६ जनाले श्रम स्वीकृति लिएका हुन् ।

अघिल्लो आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या थोरै घटेको छ ।

आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा दुई लाख ७३ हजार ८१० जनाले विभागबाट श्रम स्वीकृति लिएका थिए ।

अघिल्लो आर्थिक वर्षको पहिलो चार महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा श्रम स्वीकृति लिनेको संख्या तीन हजार ७५४ ले कम रहेको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष श्रम स्वीकृति लिनेको संख्या १.३७ प्रतिशतले घटेको छ ।

विभागले बुधबार सार्वजनिक गरेको विवरणअनुसार २०८३ कात्तिक महिनामा वैदेशिक रोजगारीमा जान ६५ हजार ८०८ जनाले श्रम स्वीकृति लिएका छन् । श्रम स्वीकृति लिनेमा ५६ हजार २९५ जना पुरुष र ९ हजार ५१३ जना महिला छन् ।

विभागको विवरणअनुसार २०८३ साउनमा ७० हजार ४४१, भदौमा ६० हजार ४२, असोजमा ७३ हजार ७६५ र कात्तिकमा ६५ हजार ८०८ जनाले श्रम स्वीकृति लिएका छन् ।

यस्तै, अघिल्लो वर्ष २०८२ को साउनमा ६८ हजार ११०, भदौमा ६७ हजार ९७२, असोजमा ६४ हजार ६३४ र कात्तिकमा ७३ हजार ९४ जनाले श्रम स्वीकृति लिएका थिए ।

तपाईको प्रतिक्रिया