काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तीन देशका निम्ति नयाँ नेपाली राजदूत नियुक्त गरेका छन् । सोमबार (कात्तिक ३०) उनले भारत, चीन र इजरायलका निम्ति आवासीय राजदूत नियुक्त गरेका हुन् ।

भारतका निम्ति नियुक्त राजदूतमा डा. निश्चलनाथ पाण्डे छन् । चीनका लागि डा. कल्याणराज शर्मा र इजरायलका निम्ति नियुक्त नयाँ नेपाली राजदूतमा सुरेशकुमार कर्ण रहेका राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

सोमबारै शीतलनिवासमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलसमक्ष उनीहरूले पद तथा गोपनीयताको शपथ लिएका कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया