विराटनगर/ मोरङको केराबारी गाउँपालिका–२, फाइबामा करिब ३० वर्षीया पार्वती लिम्बुको शव फेला परेको छ। उनको शव अम्लिसोबारीमा घोप्टो परेको अवस्थामा फेला परेको हो।
शवको माथिल्लो भागमा लगाएको कपडा यथावत् रहेको भए पनि तल्लो भागमा कपडा नरहेको प्रारम्भिक विवरण प्राप्त भएको छ। पारिवारिक स्रोतका अनुसार पार्वती गत लक्ष्मीपूजाको दिनदेखि सम्पर्कविहीन थिइन्।
मोरङको केराबारी–२ फाइबामा महिलाको शव फेला





