मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज तपाईंमा कामप्रतिको लगाव र सक्रियता बढ्नेछ । लामो समयदेखि पूरा हुन नसकेका कामले गति लिन सक्छन् । आम्दानीको अवस्थामा सकारात्मक परिवर्तन आउने सङ्केत देखिए पनि फजुल खर्चले आर्थिक भार बढाउन सक्छ । परिवारसँगको सम्बन्ध अझ प्रगाढ बन्नेछ । व्यवसायमा नयाँ योजना अघि बढाउन सकिनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज संयमित व्यवहार र सही निर्णयले सफलता दिलाउन सक्छ । आर्थिक विषयमा हतार नगर्नुहोला । विगतमा गरेको प्रयासको राम्रो नतिजा प्राप्त हुने सम्भावना छ । घर परिवारमा देखिएका असमझदारी आपसी छलफलबाट समाधान हुन सक्छन् । प्रेम सम्बन्धमा निकटता बढ्नुका साथै दाम्पत्य जीवन सुखद रहनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आज नयाँ व्यक्तिसँग परिचय हुने र सामाजिक सम्पर्क विस्तार गर्ने अवसर मिल्नेछ । सञ्चार, साहित्य, लेखन तथा सिर्जनात्मक काममा लागेकाहरूका लागि समय अनुकूल देखिन्छ । कामको चाप बढे पनि अपेक्षित उपलब्धि हासिल गर्न सकिनेछ । आर्थिक अवस्था सामान्य रहनेछ । साथीभाइसँगको भेटघाटले मन प्रसन्न बनाउनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज घर परिवारसँग जोडिएका विषयले बढी प्राथमिकता पाउन सक्छन् । पारिवारिक हितका लागि महत्त्वपूर्ण निर्णय लिनुपर्ने परिस्थिति आउन सक्छ । आम्दानीमा तत्काल ठूलो परिवर्तन नदेखिए पनि विस्तारै सुधार हुने सङ्केत छ । कार्य क्षेत्रमा थप जिम्मेवारी सम्हाल्नुपर्ने हुन सक्छ । धार्मिक तथा आध्यात्मिक गतिविधिप्रति आकर्षण बढ्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज आफ्नो क्षमता र नेतृत्वकौशल देखाउने अवसर प्राप्त हुन सक्छ । रोकिएका योजना पुन: सञ्चालनमा आउने सम्भावना छ । सामाजिक तथा व्यावसायिक क्षेत्रमा प्रतिष्ठा बढ्ने योग देखिन्छ । आर्थिक लाभको अवसर आए पनि खर्च व्यवस्थापनमा ध्यान दिनुपर्नेछ । परिवारमा खुसीयाली र सौहार्दपूर्ण वातावरण रहनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज व्यवस्थित कार्ययोजना बनाएर अघि बढ्दा राम्रो उपलब्धि हासिल गर्न सकिनेछ । व्यापारिक क्षेत्रमा नयाँ अवसर पहिचान गर्ने समय छ । पारिवारिक कामको जिम्मेवारी बढ्न सक्छ । विद्यार्थीले पढाइमा ध्यान केन्द्रित गर्न सके राम्रो प्रगति गर्न सक्नेछन् । पेटसम्बन्धी समस्या हुन सक्ने भएकाले खानपानमा सतर्क रहनुहोला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज चन्द्रमा आफ्नै राशिमा रहेकाले मनोबल, आत्मविश्वास र सक्रियतामा वृद्धि हुने देखिन्छ । नयाँ सामाजिक तथा व्यावसायिक सम्बन्ध स्थापित हुन सक्छन् । अरूको साथ र सहयोगबाट अपूरा काम पूरा गर्न सहज हुनेछ । आर्थिक अवस्थामा सुधार आउने सङ्केत छ । प्रेम तथा वैवाहिक जीवनमा आपसी विश्वास बलियो बन्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज अपेक्षा गरेअनुसार काम अघि नबढ्दा केही असहजता र मानसिक तनाव हुन सक्छ । व्यक्तिगत योजना तथा गोप्य विषयमा अनावश्यक चर्चा नगर्नुहोला । आर्थिक लगानी र लेनदेनमा जोखिम मोल्नु उपयुक्त हुने छैन । आध्यात्मिक चिन्तन र धार्मिक गतिविधिले सकारात्मक ऊर्जा प्रदान गर्न सक्छ । पर्याप्त निद्रा र विश्राम लिनुहोला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज सहयोगी तथा मित्रहरूको साथले नयाँ काम अघि बढाउन प्रेरणा मिल्नेछ । भविष्यका योजना कार्यान्वयन गर्ने उत्साह बढ्नेछ । आम्दानीका सम्भावित स्रोतमा सुधार देखिन सक्छ । सामाजिक तथा सामुदायिक गतिविधिमा सहभागी हुने अवसर प्राप्त हुनेछ । विदेशसँग सम्बन्धित काममा सकारात्मक परिणाम आउन सक्ने योग छ ।

मकर (भो, जा, जि, खि, खु, खे, खो, गा, गि)
आज कामको जिम्मेवारी थपिनुका साथै व्यस्तता बढ्न सक्छ । निरन्तर प्रयास गर्दा पनि नतिजा प्राप्त गर्न केही समय लाग्न सक्छ, त्यसैले धैर्य नगुमाउनुहोला । वरिष्ठ तथा जिम्मेवार व्यक्तिबाट सहयोग पाउने सम्भावना छ । आर्थिक निर्णय गर्दा दीर्घकालीन प्रभावलाई ध्यान दिनुहोला । पारिवारिक दायित्व पूरा गर्नुपर्ने हुन सक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आज नयाँ सम्भावना र अवसरले तपाईंको उत्साह बढाउन सक्छ । भाग्यको साथ मिल्ने भएकाले लामो समयदेखि रोकिएका काम पुन: अघि बढ्न सक्छन् । अध्ययन, अनुसन्धान तथा ज्ञान आर्जनका क्षेत्रमा उल्लेखनीय प्रगति हुने सम्भावना छ । धार्मिक तथा आध्यात्मिक कार्यमा सहभागी हुँदा मानसिक सन्तुष्टि मिल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज महत्त्वपूर्ण निर्णय र आर्थिक कारोबारमा विशेष सतर्कता अपनाउनुपर्नेछ । साझेदारीमा गरिने काममा पारदर्शिता र स्पष्ट समझदारी आवश्यक देखिन्छ । पारिवारिक सम्बन्धमा शङ्का, असमझदारी र अनावश्यक विवादलाई स्थान नदिनुहोला । ध्यान, योग तथा धार्मिक गतिविधिमा समय बिताउँदा मन शान्त रहनेछ ।

तपाईको प्रतिक्रिया