काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद भरत पराजुलीले भोटेकोशी बाढीमा परी बेपत्ता भएका नागरिकहरूको मृत्यु दर्ता तथा बीमा दाबी प्रक्रियामा भइरहेको ढिलाइप्रति सरकारको ध्यानाकर्षण गराएका छन ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद पराजुलीले प्राकृतिक विपत्तिमा परी लामो समयदेखि बेपत्ता भएका व्यक्तिका परिवारले मृत्यु दर्ता प्रमाणपत्र प्राप्त गर्न नसक्दा राज्यबाट पाउने राहत तथा बीमा रकम लिनसमेत समस्या भइरहेको बताए।

उनले सामान्य अवस्थामा वा विगतका नजिरका आधारमा पाँच दिनमै टुंग्याउन सकिने कानुनी तथा प्रशासनिक प्रक्रियालाई सरकारले २९ दिन बितिसक्दा पनि अघि बढाउन नसकेको भन्दै प्रश्न उठाए।
‘सामान्य अवस्थामा पाँच दिनभित्रै हुन सक्ने निर्णय र कानुनी सहजीकरणको काम सरकारले २९ दिन बितिसक्दा पनि किन गर्न सकेन ?’ भन्दै उनले सरकारको ढिलासुस्तीप्रति आक्रोश व्यक्त गरे।
प्राकृतिक विपत्तिमा परी बेपत्ता भएका व्यक्तिका परिवारले लामो समयसम्म मृत्यु दर्ता प्रमाणपत्र नपाउँदा राहत, क्षतिपूर्ति तथा बीमा दाबी भुक्तानीमा समेत कठिनाइ भइरहेको उनको भनाइ छ ।
सांसद पराजुलीले विपद्पीडित परिवारलाई थप प्रशासनिक झन्झटमा नपार्ने गरी मृत्यु दर्ता तथा राहत र बीमा दाबीसम्बन्धी कानुनी प्रक्रिया तत्काल सहज बनाउन सरकारसँग माग गरेका छन ।

तपाईको प्रतिक्रिया