काठमाडौं, ८ भदौं। म्यानचेस्टर युनाइटेड र टोटनह्यामको प्रिमियर लिगमा कमजोर सुरुवातले प्रि सिजनको उत्साहमा तुषारापात गरेको छ।

 

प्रिमियर लिग च्याम्पिय भइसकेकाे युनाइटेड एक दशक पछि ए श्रेणीमा उक्लिएकाे क्लब हलसँग २-० र याे सिजनमा चेल्सी भन्दा सबैभन्दा बढी  दाेस्राे खर्च गर्ने क्लब टाेटनहयाम  ब्रेन्ट फोर्डसँग बिना गाेल ३-०ले पराजित भए पछि यी क्लबकाे भविश्यका बारेमा गम्भिर चिन्ता ब्यक्त हुन थालेकाे छ। हल र ब्रेन्ट फाेर्डले जित्नु भन्दा पनि युनाइटेड र टाेटनह्यामले हारेकाे बिषयले युराेपमा बढी चर्चा पाएकाे छ ।   

इङ्ल्यान्डको शीर्ष डिभिजनमा शनिबारको सुरुवात युनाइटेडको लज्जास्पद हारबाट भयो । २० पटकको च्याम्पियन युनाइटेड, जसले नयाँ स्थायी प्रशिक्षक र पुनर्गठित मिडफिल्ड पाएको थियो, भर्खरै बढुवा भएर आएको हलसँग २-० ले पराजित हुन पुग्यो।

 

नौ वर्षको अनुपस्थिति पछि शीर्ष डिभिजनमा फर्किएको क्लब हलको सुरुवात उत्कृष्ट रह्यो तर खेल पछिको चर्चा भने मुख्यतया म्यानचेस्टर युनाइटेडकाे अप्रत्याशित पराजयमा केन्द्रित रहन गयो । दाेस्रो श्रेणीको ‘च्याम्पियनसिप प्ले अफ’ मार्फत बढुवा भएको र रेलिगेसनको जोखिममा पर्ने टोलीका रूपमा हेरिएको हलको मैदानमा युनाइटेडले फिक्का प्रदर्शन गर्दै हार बेहोर्नु परे पछि नयाँ चर्चा सुरू भएकाे छ । खेलको पहिलो हाफमा नयाँ क्लब हलका लागि सेट पिसमार्फत सेमी अजाई र नोबेल मेन्डीले गोल गरेर चकित बनाउन सफल भए ।

 

‘सबै कुरा सुरुमै उत्कृष्ट हुनेवाला थिएन,’ युनाइटेडका मुख्य प्रशिक्षक माइकल क्यारिकले भने। गत सिजन युनाइटेडलाई तेस्रो स्थानमा पुर्‍याउँदै च्याम्पियन्स लिगमा फर्काए बापत उनले यसै गर्मीमा थप स्थायी सम्झौता पाएका थिए।

 

क्यारिकले यो सिजनका लागि युरी टिलेमान्स र आन्द्रे सान्तोसको नयाँ सेन्ट्रल मिडफिल्ड जोडी पनि पाएका छन्, ब्राइटनका कार्लोस बालेबा पनि अर्को विकल्प हुन सक्छन्, साथै बार्सिलोनामा ‘लोन’ मा गएका मार्कस रासफोर्ड टोलीमा फर्किएका थिए र हल विरुद्धको खेलमा हाफटाइम पछि वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरे पनि उनले जादु देखाउन सकेनन् ।

 

टोलीको फिक्का प्रदर्शनका क्रममा उनीहरूले पनि प्रभाव पार्न सकेनन्। यस प्रदर्शनले के देखाउँछ भने सन् २०१३ मा एलेक्स फर्गुसनको नेतृत्वमा अन्तिम पटक प्रिमियर लिगको उपाधि जितेको युनाइटेडले आफ्नो पुरानो गौरव फर्काउन अझै लामो यात्रा तय गर्न बाँकी छ । कम्तीमा पनि यस खेलको नतिजा र प्रदर्शनलाई हेर्दा टोलीले उपाधिका लागि चुनौती दिने सम्भावना कम देखिन्छ।

‘एउटा खेलले सबै कुराको दिशा बदल्दैन,’ तर पनि क्यारिकले खेल पछि भने, ‘यसले फुटबल क्लबको दिशा पनि परिवर्तन गर्दैन।’

 

उता, यस गर्मीमा युरोप भरि चेल्सी पछि नयाँ खेलाडीहरूमा खर्च गर्ने क्लब टोटनह्याम हाे तर तर ब्रेन्ट फोर्डको घरेलु मैदान ‘जी टेक कम्युनिटी स्टेडियम’ मा भने उसकाे प्रभाव देखिएन। दिनको अन्त्य टोटनह्याम पनि ३-० ले पराजित भयाे । जबकी यो टोलीले यस गर्मीमा नयाँ खेलाडीहरूका लागि ३०० मिलियन डलरभन्दा बढी खर्च गरेको थियो तर ब्रेन्टफोर्ड विरुद्धको खेलमा भने उनीहरू निरीह साबित भए ।

 

न्युकासलबाट क्लबको कीर्तिमानी १३ करोड ३० लाख डलरमा अनुबन्धित भएका इटालीका मिडफिल्डर सान्ड्रो टोनाली पनि स्पर्स अर्थात टोटनह्यामको टोलीमा समावेश थिए। तर, राम्रोसँग जमेको ब्रेन्टफोर्डको टोलीले उनीहरूलाई पूर्ण रूपमा पछि पारिदियाे । खेलको ३३ औँ मिनेटसम्ममा किन लुइस पोटर र भिटाली जानेल्टले नजिकैबाट गरेको गोलको मद्दतले ब्रेन्टफोर्ड दुई गोलले अघि बढिसकेको थियो।

 

दोस्रो हाफ सुरु भए लगत्तै माइकल कायोडेले स्लाइड गर्दै तेस्रो गोल थपे भने गत सिजन ब्रेन्टफोर्डका लागि सर्वाधिक गोलकर्ता रहेका इगोर थियागोले पेनाल्टीमा बल पोस्टमा प्रहार गर्दै गोल अन्तर बढाउने मौका गुमाउन पुगे ।

 

प्रिमियर लिग च्याम्पिय भइसकेकाे युनाइटेड एक दशक पछि ए श्रेणीमा उक्लिएकाे क्लब हलसँग २-० र याे सिजनमा चेल्सी भन्दा सबैभन्दा बढी  दाेस्राे खर्च गर्ने क्लब टाेटनहयाम  ब्रेन्ट फोर्डसँग बिना गाेल ३-०ले पराजित भए पछि यी क्लबकाे भविश्यका बारेमा गम्भिर चिन्ता ब्यक्त हुन थालेकाे छ। हल र ब्रेन्ट फाेर्डले जित्नु भन्दा पनि युनाइटेड र टाेटनह्यामले हारेकाे बिषयले युराेपमा बढी चर्चा पाएकाे छ ।   

 

 

 

 

तपाईको प्रतिक्रिया