काठमाडौं। कास्कीमा बाढीले दुईवटा पुल बगाएको छ। गए राती २ः१५ बजे बाढीले कास्की र पर्वत जोड्ने दुईवटा मेटल पुल बगाएको हो। मन्दिरमा फसेका तीन जनाको उद्धार प्रयास जारी रहेको कास्की प्रहरीले बताएको छ।
अन्नपूर्ण गाउँपालिका–५ र ६ को सिमाना नयाँ पुल–बिरेठाँटी सडक खण्डको छेउमा मोदीखोलाको बीचमा रहेको अन्नपूर्ण माता मन्दिरमा रहेको दुईवटा मेटलको पुल बाढीले बगाएको प्रहरीले जनाएको छ।
मन्दिरको आधा भाग बाढीले बगाएको छ। एक पुजारी र दुई भक्तजन मन्दिरमा फसेका छन्। सशस्त्र प्रहरीले उनीहरूको उद्धारको प्रयास गरिरहेको हो।
सशस्त्र प्रहरी बल नेपाल नं २४ कालिका गण कास्कीबाट चारजना रोप रेस्क्यु र तीनजना गोताखोरसहितको उद्धार टोली घटनास्थल पुगेको डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।







