यू–१९ एशिया कप : श्रीलङ्कासँग नेपाल ८२ रनमै अलआउट
काठमाण्डाै – एसीसी १९ वर्षमुनिको एशिया कप क्रिकेटको आफ्नो खेलमा नेपाल श्रीलङ्कासँग ८२ रनमै अलआउट भएको छ ।
संयुक्त अरब इमिरेट्स (यूएई) को सेभेन्स स्टेडियममा टस हारेर ब्याटिङ गरेको नेपालले २८ ओभर ५ बलमा ८२ रन बनाउँदा सबै विकेट गुमायो । नेपालका सब्रिन श्रेष्ठले सबैभन्दा धेरै १८ रन बनाए । यस्तै साहिल पटेलले १२, निरजकुमार यादवले १० रन बनाए । श्रीलङ्काका सेठमिका सेनेविरत्नेले ५ विकेट लिए ।
नेपालले...









