साझा मुद्दामा सहकार्य गर्ने सहमति गर्दै एभरेष्टमा जारी संयुक्त राष्ट्रसंघको नमुना महासभा सम्पन्न
विराटनगर । विराटनगर– ५ स्थित एभरेष्ट सेकेन्डरी स्कुल तथा कलेजमा जारी संयुक्त राष्ट्रसंघको नमुना महासभा विश्वका साझा मुद्दामा सहकार्य गर्ने सहमति कायम गर्दै सम्पन्न भएको छ । गत बुधबारदेखि सुरु भएको नमुना महासभा शुक्रबार बेलुका पत्रकार सम्मेलन गर्दै समापन भएको हो । जहाँ विभिन्न देशका प्रतिनिधिहरुलाई विभिन्न देशका पत्रकारहरुले प्रश्न गरेका थिए ।
‘प्रथम एभरेष्ट नमुना संयुक्त राष्ट्रसंघ महासभा’को ना...









