हुम्ला – हुम्लाका जनप्रतिनिधि, राजनीतिक दलका नेता र नागरिक समाजका अगुवा जिल्ला प्रशासन कार्यालयको मुख्य प्रवेशद्वारमा धर्नामा बसेका छन्।
हुम्ला र बाजुरा जिल्लाको सीमा विवादलाई लिएर हुम्लाको कवाडी, लाम्पाटा रानीखर्क संरक्षण अभियानले सोमबार जिल्ला प्रशासन कार्यालयको मुख्य प्रवेशद्वारमा धर्ना कार्यक्रम आयोजना गरेको हो।
विवााद समाधान हुँदाहुँदै एकतर्फी रुपमा लाम्पाटामा संयुक्त सुरक्षा बेसक्याम्प स्थापना गरेको भन्दै हुम्लावासीको तर्फबाट जनप्रतिनिधि, राजनीतिक दलका नेता र नागरिक समाजका अगुवाद्वारा जिल्ला प्रशासन कार्यालयअगाडि धर्ना बसिएको अभियानका संयोजक प्रकाशबहादुर शाहीले बताए।
धर्ना कार्यक्रममा खार्पुनाथ गाउँपालिका अध्यक्ष रावल, सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारी, नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामा, अदानचुली गाउँपालिकाका अध्यक्ष मोहनविक्रम सिंह, सिमकोट र नाम्खा गाउँपालिकाका उपाध्यक्ष शुशिला भाम रोकाया, तकदिर लामा, कांग्रेस उपसभापति वसन्त रोकाया, एमाले उपाध्यक्ष एवं अभियानका संयाजक शाही, रास्वपा प्रतिनिधि कर्णवीर शाही, वडाअध्यक्ष, उद्योग वाणिज्य संघ, नागरिक समाजका अगुवालगायत सहभागी थिए।







