धादिङ, १ असार । जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।

 

धादिङकी २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा त्रिपुरासुन्दरी गाउँपालिका(२ वंशगाउँ बस्ने ४३ वर्षीय श्रीकृष्ण श्रेष्ठलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो । 

 

श्रेष्ठले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

तपाईको प्रतिक्रिया