काठमाडौं। मधेस प्रदेश सरकारले प्रदेशमा कार्यरत कर्मचारीको तलब बढाएको छ।
प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि कर्मचारीको तलब १० प्रतिशतले बढाउने बजेट भाषणमार्फत घोषणा गरेका हुन्।
अर्थमन्त्री युवराज भट्टराईले भने, ‘प्रदेशमा कार्यरत कर्मचारीले हाल प्राप्त गरेको महँगी भत्तालाई निरन्तरता दिँदै सुरु स्केलको आधारमा तलबमा १० प्रतिशत वृद्धि गरेको छु।’







