काठमाडौं । सशस्त्र प्रहरी परिवार महिला संघ र युक्ति फाउण्डेसनको सहकार्यमा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा सेनेटरी भेण्डिङ्ग मेशिन सञ्चालनमा ल्याइएको छ ।
सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष सावित्रा कुमारी पौडेलले जेठ २८ गते उक्त मेशिनको उद्घाटन गरेकी हुन्।
सशस्त्र प्रहरी महिला कर्मचारीहरुको सहजता र नियमित स्वास्थ्य सुरक्षालाई ध्यान दिदै सशस्त्र प्रहरी परिवार महिला संघले उक्त फाउण्डेसनको सहकार्यमा सो मेशिन सञ्चालन ल्याएको हो।
कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारी, सशस्त्र प्रहरी बल नेपाल खेलकुद तथा शारिरीक सुगठन शिक्षालयका समादेशक, युक्ति फाउण्डेसनका कर्मचारी, विभिन्न संघसंस्थाका महानुभावहरुको समेत उपस्थिती रहेको थियो।







