कोकिला ढकाल
इलाम, जेठ २२ गते ।आज विश्व वातावरण दिवसका अवसरमा इलाममा पनि वृक्षारोपण गरि मनाइएको छ ।
इलाम नगरपालिका, सूर्योदय नगरपालिकासहित जिल्लाका दशवटै पालिका, जिल्ला भरका सरकारी तथा सामुदायिक विद्यालय र विभिन्न सङ्घ संस्थाले विभिन्न प्रजातिका बिरुवा रोपन गरेका छन् ।
यसैक्रममा इलाम नगरपालिकाले इलामको पुरानो चिया बगान क्षेत्रमा सौन्दर्यीकरणका लागि विभिन्न प्रजातिका फूलका बिरुवा रोपिएको इलाम नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले नगरक्षेत्रलाई हरियाली राख्न र हरित अभियानलाई कायम राख्न २०७९ साल यता वृक्षारोपणलाई निरन्तरता दिइएको नगरप्रमुख केदार थापाले बताउनुभयो ।
वृक्षारोपण पछि थापाले प्लास्टिक मुक्त इलामलाई सधैँ टिकाइराख्न र पर्यावरणलाई बचाएर राख्न नगरपालिका निरन्तर लागिरहेको बताउनुभयो ।यता वातावरण दिवसको अवसरमा जसबीरे टी र दआर्ट अफ लिभिङले पनि जसबीरेको कोठी डाँडामा वृक्षारोपण गरेका छन् ।
जिल्लाको उत्तरी क्षेत्रमा पर्ने सन्दकपुर गाउँपालिका, माइजोगमाई गाउँपालिकासहित अन्य पालिकामा पनि वृक्षारोपण गरिएको बताइएको छ ।







