काठमाडौं – प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले संगठनात्मक शुद्धीकरण तथा सुदृढीकरणलाई प्राथमिकतामा राख्दै जिम्मेवारी बहन गर्न प्रहरी अधिकृतहरूलाई निर्देशन दिएका छन्।

हालै सरुवा भई आफ्नो कार्यक्षेत्रमा जान लागेका प्रहरी वरिष्ठ उपरीक्षकहरूलाई आज प्रहरी प्रधान कार्यालयमा निर्देशन दिँदै उनले प्रविधिको प्रभावकारी प्रयोग गर्दै पारदर्शी, समयसापेक्ष र नागरिकमैत्री सेवाभावसहित नतिजामुखी कार्यसम्पादन गर्न आग्रह गरे।

महानिरीक्षक कार्कीले आफूलाई प्राप्त जिम्मेवारी पूर्ण व्यावसायिकता, जनमुखी दृष्टिकोण, इमानदारी र निष्ठासहित निर्वाह गर्नुपर्नेमा जोड दिए।

उक्त अवसरमा मानवस्रोत विकास विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारी, अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशीलसिंह राठौर र कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले समेत पदीय जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्न आग्रह गरेका थिए।

तपाईको प्रतिक्रिया