विराटनगर : नेपाल उद्योग परिसंघ (सीएनआई) कोशी प्रदेश र रोटरी क्लब अफ विराटनगर डाउनटाउनको संयुक्त पहलमा विराटनगर–२ स्थित नेपाल उद्योग परिसंघ कोशी प्रदेश सचिवालय, बरगाछीको मूल गेटमा निर्माण गरिएको शुद्ध चिसो पिउने पानी प्रणालीको बुधबार शुभारम्भ गरिएको छ।

विराटनगर महानगरपालिका–२ का वडाध्यक्ष कुमार पोखरेलको उपस्थितिमा नेपाल उद्योग परिसंघ कोशी प्रदेशका अध्यक्ष पवन सारडा, रोटरी क्लब अफ विराटनगर डाउनटाउनकी अध्यक्ष गिरिजा सारडालगायत पदाधिकारीहरूले पानी पिएर उक्त सेवाको औपचारिक उद्घाटन गरेका हुन्।

गर्मीका कारण सर्वसाधारण, यात्रु तथा सेवाग्राहीलाई राहत पुर्‍याउने उद्देश्यले स्थापना गरिएको यस प्रणालीमार्फत फिल्टर गरिएको शुद्ध चिसो पिउने पानी निःशुल्क उपलब्ध गराइने जनाइएको छ।

नेपाल उद्योग परिसंघ कोशी प्रदेशका अनुसार प्रणाली सञ्चालनका लागि आवश्यक विद्युत्, खानेपानी महसुल तथा यसको संरक्षणको सम्पूर्ण जिम्मेवारी परिसंघले नै वहन गर्नेछ।

परिसंघका महानिर्देशक विजयहरि शर्माले आम नागरिकको सुविधालाई केन्द्रमा राखेर सेवा सुरु गरिएको बताउँदै यसको संरक्षण र सदुपयोगमा सबै पक्षबाट सहयोग प्राप्त हुने अपेक्षा व्यक्त गरे।

तपाईको प्रतिक्रिया