डडेल्धुरा – डडेल्धुराको परशुराम नगरपालिका वडा नम्बर ५ बाट सशस्त्र प्रहरीका एक जवानसहित दुई जना बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार बेपत्ता हुनेमा परिगाउँमा रहेको सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बीओपी) मा कार्यरत प्रहरी जवान ओमप्रकाश पुन मगर र स्थानीय ५६ वर्षीय तीर्थबहादुर थापा मगर रहेका छन् ।
प्रहरी नायब उपरीक्षक (डीएसपी) वरुणबहादुर सिंहका अनुसार अस्ता शुक्रवारदेखि सम्पर्कविहीन भएका उनीहरू मामा–भाञ्जा नाता पर्ने हुन् । महाकाली नदी किनारमा उनीहरूले प्रयोग गरेको ट्युब फेला परेकाले नदीमा बगेको हुन सक्ने आशङ्कासहित खोजी शुरू भएकाे डीएसपी सिंहले जानकारी दिनुभयो ।







