- Photo ai

उर्लाबारी । मोरङको मिक्लाजुङ गाउँपालिका–७ मधुमल्ला बजारस्थित सोहेन होटल एण्ड लजमा अनैतिक गतिविधि सञ्चालन भइरहेको भन्ने विशेष सूचनापछि प्रहरीले मध्यराति छापा मार्दा दुई महिलाको उद्धार गरेको छ।
मिति २०८३ जेठ १६ गते राति करिब १०ः३० बजे इलाका प्रहरी कार्यालय उर्लाबारिकि प्रहरी निरीक्षक नवीन वलीको कमाण्डमा ७ सदस्यीय प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरी टोलीले होटलमा जाँच तथा खानतलासी गर्ने क्रममा त्यहाँ कार्यरत दुई महिलालाई उद्धार गरी आवश्यक सुरक्षा, संरक्षण तथा परामर्शका लागि दमकस्थित सेफ हाउस पठाएको जनाएको छ।
प्रहरीले होटल सञ्चालन गर्दै आएका ४२ वर्षीय सुरेन्द्र दाहाललाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय उर्लाबारीमा राखेको छ। घटनाको प्रकृति, संलग्नता तथा सम्भावित गैरकानुनी गतिविधिबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
स्थानीयवासीबाट प्राप्त विशेष सूचनाका आधारमा गरिएको उक्त कारबाहीले मधुमल्ला क्षेत्रमा लुकेर सञ्चालन हुने गैरकानुनी गतिविधिमाथि प्रहरीको निगरानी कडा भएको संकेत गरेको छ। प्रहरीले यस्ता गतिविधिमा संलग्न जो–कोहीलाई कानुनी दायरामा ल्याइने स्पष्ट पारेको छ !

तपाईको प्रतिक्रिया