काठमाडौ, जेठ १४ गते । ठमेल विकास परिषद्का अध्यक्ष धुव्र अधीकारीले ठमेललाई मर्यादित ठमेलको रुपमा विकास गरिनुपर्ने बताएका छन । काठमाडौमा भएको एक कार्यक्रममा उनले यस्तो बताएका हुन । ठमेललाई २४ घण्टा नै रात्रीकालीन व्यवसायको रुपमा संचालन गर्न सकिने उनले बताएका हुन । दिउसोमात्र नभई राती पनि पर्यटक ठमेल बस्न र खान आउने हुदा रात्रीकालिन व्यवसाय अनिवार्य भएको उनले बताएका छन । २४ घण्टा ठमेल खोलिनु नराम्रो नभएको तर ठुलो साउण्ड सिस्टममा घरबेटीलाई डिस्टब भएको उनले स्वीकार गरेका छन । ठमेल व्यवसायीले रात्रीकालिन व्यवसाय गर्दा अनुशासीत र मर्यादित बन्न उनले आग्रह गरेका छन । व्यवसायी, प्रशासन र घरबेटीको समन्वयनमा ठमेलको विकास र प्रगति हुने उनको भनाई छ । हाल ठमेलमा पोखरा चितवन लगायतका ठाउँबाट पनि ठमेलको अवलोकन गर्न आउने गरेको उनले बताएका छन ।
मर्यादित ठमेल बनाउँछौ ः ठमेल विकास परिषद्का अध्यक्ष, अधिकारी







