काठमाडौं। आर्थिक घोटलाको आशंकामा दुग्ध विकास संस्थान (डिडिसी)को लैनचौरस्थित केन्द्रीय कार्यालयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले छापा हानेको छ।

बुधबार छापा हानेको सीआईबीको टोलीले पाँच कर्मचारीको मोबाइल जफत गरेरी अनुसन्धान प्रक्रिया आगाडि बढाएको छ। सीआईबीले दूध खरिद बिक्रीसम्बन्धी कागजात नियन्त्रणमा लिएको छ।

सीआईबीले छापा हान्दा डिडिसीका महाप्रबन्धक डा. शरण कुमार पाण्डे मन्त्रालयमा थिए। यसअघि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले डिडिसीको उत्पादन बिक्री बढाउन चिज खाएको फोटो राख्दै प्रवर्द्धन गर्न आग्रह गरेका थिए। त्यसपछि यो संस्थाको थप चर्चा चुलिएको थियो।

तपाईको प्रतिक्रिया