मेष – पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ, तर व्यापार–व्यवसायमा लाभ हुने समय छ । व्यवसाय विस्तारका लागि यात्राको अवसर जुट्ने देखिन्छ । विद्याका साथै मान प्राप्त होला । विशेष उपहार प्राप्त हुनुका साथै धनलाभको योग छ । खर्च पनि केही बढ्ला । आरोग्यबल बढ्नेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।

वृष – आजको दिन अनुकूलता वृद्धि भएको अनुभूति हुनेछ । बोली र व्यक्तित्वको प्रभावले धेरैको मन जित्न सकिएला । लगनशीलताले राम्रै उपलब्धि दिलाउने छ भने चिताएका काम क्रमशः सम्पादन हुनेछन् । आर्थिक उपार्जन हुने योजनामा लगानी बढाउने मौका जुर्न सक्छ, तथापि अवसरलाई पछ्याउन नसक्दा हातमा आएको मौका गुम्न सक्छ, सजग रहनुहोला । पारिवारिक असमझदारी बढ्न नदिन विशेष प्रयासको दरकार छ । मित्रजन सहयोगी बन्नेछन् ।

मिथुन – व्यक्तिगत एवम् पारिवारिक समस्याको समाधान मिल्ने र यात्रापरक काम बन्ने समय छ । पढाइलेखाइमा सामान्य प्रगति होला । सहयोगीका माध्यमबाट विशेष काम बन्ने र सेवामूलक कामबाट धनलाभ हुने योग छ । सन्तानपक्षबाट सुख प्राप्ति हुनेछ । फलदायी यात्राको अवसर जुर्ला । व्यापार–व्यवसायबाट खासै लाभ नमिल्न सक्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन समस्या पर्ला । बौद्धिक र रचनात्मक कार्यमा आंशिक सफलता मिल्नेछ ।

कर्कट – आजको दिन केही अवसर जुटे पनि परिस्थिति अलिक संघर्षमय रहला । अप्ठ्यारा कामको बोझ थपिन सक्ने र हठ गर्ने बानीले समस्या निम्त्याउने योग छ । विशेष योजना अघि बढाउँदै हुनुहुन्छ भने अरूको सुझावमा भर नपर्नु उचित हुनेछ । विवादबाट बच्न बोली र व्यवहारमा नियन्त्रण गर्नु हितकर होला । लेखाइपढाइमा प्रगति हुनेछ । नियमित खर्चमा केही बढोत्तरी हुने देखिन्छ ।

सिंह – सरल जीवनशैलीले धेरैको मन लोभ्याउन सकिने दिन छ । भौतिक साधन जुट्नेछ भने आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । आयआर्जन राम्रै होला । विभिन्न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले काममा धोका हुन सक्छ, ध्यान राख्नुहोला । सबल स्वास्थ्यका लागि खानपान लगायतका व्यवहारमा सजगता अपनाउनुपर्नेछ । शत्रुपक्ष परास्त हुनेछ ।

कन्या – मिश्रित फलदायी समय छ । सहयोगीहरूले फाइदा दिलाउनेछन् भने मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । तर, नियमित कार्यमा अरूको भर पर्दा धोका हुनेछ । परिस्थितिअनुसार चल्न नसक्दा दुःख पाइने देखिन्छ । पहिलेको उपलब्धिले उत्साह जगाउला, तर खर्चको भार वृद्धि हुने योग छ । कुनै कामको लागि यात्रा गर्दै हुनुहुन्छ भने आजका लागि थाती राख्नु उचित होला । आरोग्यबल बढ्नेछ ।

तुला – आरोग्यबल बढ्ने समय छ । वर्चश्व बढ्नेछ, मानसम्मान पनि पाइएला । महत्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नु हितकर हुनेछ । अनुकुलता वृद्धिका बाबजुद आज आफू केही कमजोर भएको अनुभूति होला । लगनशीलताले परिस्थितिलाई बदल्न सकिने छ । पढाइलेखाइमा चाहेअनुसार समय दिन नसकिएला । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइसँग सम्बन्ध जोडिनेछ । आय वृद्धि हुनेछ । शत्रुलाई जित्ने क्षमता वृद्धि हुनेछ ।

वृश्चिक – प्रयत्न गर्दा घरेलु काममा फाइदा पुग्ने समय छ । रोकिएका काममा दोहोरÞ्याएर प्रयत्न गर्नुहोला । कर्मबल बढ्नेछ तर कामबाट फुर्सदिलो भइनेछ भने अतिथिका रूपमा सत्कार पाइने योग छ । दाम्पत्य सम्बन्धमा समझदारी बढ्न सक्छ । बोली र व्यवहारले प्रशंसा दिलाउला । मित्रजनसँगको जमघटमा मिठो भोजन प्राप्त हुनेछ । रसरागात्मक कार्यमा आकर्षण बढ्नेछ ।

धनु – प्रतिष्ठित काम गरेर धेरैको स्याबासी प्राप्त गर्न सकिनेछ । प्रतिभाको कदर होला । बौद्धिक प्रतिस्पर्धामा पनि अरूलाई उछिन्न सकिने समय छ । दिगो आम्दानी हुने काम सुरु गर्दै हुनुहुन्छ भने अघि बढ्न सक्नुहुनेछ । धेरैलाई लाभ हुने कार्य गर्न सकिनेछ । सामाजिक कार्यले सम्मानित स्थान दिलाउला । मनोरञ्जन एवम् रसरागका क्रियाकलापमा आकर्षण बढ्नेछ ।

मकर – दिन केही चुनौतीयुक्त रहला । कम उपलब्धिका लागि पनि निकै मिहिनेत गर्नुपर्ने देखिन्छ । स्वास्थ्यमा कमजोरी एवं काममा अवरोध आउनाले मन खिन्न रहला । नयाँ काममा हात हाल्न केही समय पर्खनु उचित होला । नचिताएको ठाउँमा धननाश हुने योग छ, सजग रहनुहोला । दौडधुप बढ्नेछ र उद्योग-व्यापारमा सामान्य फाइदा मिल्नेछ । बौद्धिक कार्यमा विशेष सफलता मिल्नेछ ।

कुम्भ – श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी बढ्ने समय छ । भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । परदेशमा हुनेलाई घर-परिवारको यादले अलिक सताउने योग छ । शुभचिन्तकहरूको सुझावले फाइदा दिलाउनेछ । नियमित कार्यमा व्यस्तता वृद्धि हुनेछ । इष्र्या गर्नेले दुःख दिन सक्छन्, सजग रहनुहोला । पराक्रम, बौद्धिकता र रचनात्मकता बढ्नाले समस्याको समाधान प्राप्त हुनेछ ।

मीन – आजको दिन आलश्य गर्ने बानीले केही समस्या निम्त्याउन सक्छ, तर मेहनतीहरूका लागि उत्साहजनक समय छ । रोकिएको काममा सफलता पाउन केही प्रतिस्पर्धा गर्नुपर्ला । विरोधिपक्षको चलखेल बढ्नाले चुनौती सामना गर्नपर्ने देखिन्छ । नयाँ काममा हात हाल्ने समय आएको छ । प्रेम सम्बन्धमा सुधार आउला । दाम्पत्यसुख बढ्नेछ ।

तपाईको प्रतिक्रिया