विराटनगर/

सशस्त्र प्रहरी बल नेपाल वि.ओ.पि. दरैयाको जिम्मेवारी क्षेत्रभित्र पर्ने सानो सीमास्तम्भ नम्बर १८०/४ देखि १८०/१० सम्मका जम्मा ७ वटा सीमास्तम्भको मर्मत तथा रंगरोगन कार्य आज सम्पन्न गरिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल वि.ओ.पि. दरैयाका प्रमुख सशस्त्र प्रहरी निरीक्षक शंकर कुमार कोइरालाको कमाण्डमा खटिएको टोली तथा भारततर्फ एसएसबी ५६ बटालियन आई कम्पनीका एएसआई जितुल कोनवारको कमाण्डमा खटिएको संयुक्त टोलीले रंगरोगन तथा मर्मतको काम सम्पन्न गरेको हो ।

सीमाक्षेत्रमा रहेका सीमास्तम्भहरूको संरक्षण, स्पष्टता र नियमित अनुगमनलाई प्रभावकारी बनाउने उद्देश्यले संयुक्त रूपमा मर्मत तथा रंगरोगन गरिएको जनाइएको छ। यस्ता गतिविधिले दुई देशबीचको सीमासम्बन्धी समन्वय र आपसी सहकार्यलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया