चिकित्शा शिक्षा आयोगको स्नातक तहको कमन ईन्ट्रान्स ईक्जामिनेसन सिईई उतिर्ण गरि ब्याचलर अफ पब्लिक हेल्थ र फार्मेसि बिषय अध्ययन गर्न चाहाने बिध्यार्थीहरूको छात्रबृत्तिमा अध्ययन गर्ने चाहानालाई मध्येनजर गर्दै काठमाण्डौको गौशालामा रहेको काठमाण्डौ मल्टिपल कलेजले बिशेष छात्रवृत्ति प्याकेज सार्बजनिक गरेको छ । यो प्याकेज काठमाण्डौ मल्टिपल कलेजको वेभसाईटमा गई स्कलरसिप क्याल्कुलेटर प्रयोग गरि जानाकारि प्राप्त गर्न सकिन्छ । छात्रबृत्तिमा बिपिएच वा बि.फार्म अध्ययन गर्न चाहाने बिध्यार्थीले उक्त छात्रबृत्ति क्यालकुलेटरमा आफुले एस।ई.ई. , ११र १२ कक्षामा प्राप्त गरेको जिपिए तथा चिकित्शा शिक्षा आयोगबाट संचालित स्नातक तहको सिईई मा प्राप्त गरेको प्राप्तांक राखि आफुले प्राप्त गर्ने छात्रबृत्ति बिध्यार्थी आफैले क्याल्कुलेट गर्न सक्छ ।साथै, बिध्यार्थीले भबिश्यमा १ देखि ८ सेमेस्टरमा आफुले प्राप्त गर्ने बो्ड परिक्षाको नतिजाको आधारमा पनि छात्रबृत्ति प्राप्त गर्न सक्ने कलेज प्रसासनको भनाई छ । कलेजहरूले चिकित्शा शिक्षा आयोगले निर्धारण गरेको शुल्क नलिई बिध्यार्थी पिच्छे मनोमानी शुल्क लिने बर्तमान अबस्थामा यस किसिमको बिध्यार्थीको प्राप्तांकको आधारमा पारदर्शि तरिकाले बिध्यार्थी स्वयंले आफुले पाउने छात्रबृत्ति को जानाकारि पाउने यो ब्यबस्थालाई सकारात्मक कदम मान्न सकिन्छ । साथै, बिध्यार्थीको भोलिको जिपिएको अनुमानको आधारमा समेत छात्रबृत्ति तयहुने ब्यबस्थाले हरेक बिध्यार्थीलाई आफ्नो भबिश्यको लक्ष निर्धारण गरि अध्ययनमा केन्द्रित हुन समेत प्रेरित गर्नेमा क्याम्पस प्रमुख सह प्राध्यापक श्री संजिता बिष्टको भनाई छ । बिध्यार्थीहरूले प्राथमिकता निर्धारण गर्ने पुर्ब सन्ध्यामा सार्बजनिक यो छात्रबृत्ति क्याल्कुलेटर हरेक बिध्यार्थी ले एकपटक प्रयोग गरि काठमाण्डौ मल्टिपल कलेज छनौट गर्दा आफुले पाउने छात्रबृत्तिबारे सुसुचित हुँदा बिध्यार्थी तथा अबिभाबकहरूले प्रबिधिबाट फाईदा लिन सक्ने देखिन्छ ।
Share this:





