रुमा रिजाल, सुनसरी । सुनसरीको रामधुनी नगरपालिका–२ शिबनगरमा एक व्यक्तिको गोली हानी हत्या भएको छ ।

रामधुनी नगरपालिका–२ स्थित कर्मन्या टोलको भित्री सडकमा आज साँझ ५ः०० बजे स्थानीय अन्दाजी ४७ वर्षका दिनेश चौधरीको गोली हानी हत्या भएको स्थानीयले बताएका छन् । मृतक चौधरी सफारी चालक रहेको र उनलाई मोटरसाइकलमा सवार युवाहरूको समूहले गोली प्रहार गरेर भागेको स्थानीयले बताएका छन् ।

गोली लागेर घाइते उनको केही बेरमै घटनास्थलमै मृत्यु भएको हो । गोली प्रहार गरी फरार भएका समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय पकलिका इन्चार्ज लेखनाथ दाहालका अनुसार चौधरीको हत्या गोली प्रहारकै कारणले भएको हो वा अन्य कारणले भन्ने विषयमा विस्तृत अनुसन्धान भइरहेको छ।

तपाईको प्रतिक्रिया