विराटनगर । विराटनगर– ५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलका १२ जना विद्यार्थीसहितको १३ सदस्यीय टोली भियतनामका लागि प्रस्थान गरेको छ ।

असोज १२ देखि कात्तिक १ (१२ –१८ अक्टुबर) गतेसम्म भियतनामको होचिमिनमा हुने कार्यक्रमका लागि एभरेष्ट कलेजका सहप्राचार्य टी एन भण्डारीको नेतृत्वमा विद्यार्थीहरुको समूह प्रस्थान गरेको एभरेष्ट स्कुलले जानकारी दिएको छ ।

स्कुलका अनुसार भियतनामको हु टेक विश्वविद्यालयमा हुने नमुना सभामा चीन, थाइल्याण्ड, कम्बोडिया, भियतनाम तथा नेपाललगायतका देशका विद्यार्थीहरुले सहभागिता जनाउनेछन् । जसका लागि नेपालबाट ३१ जना विद्यार्थीले सहभागिता जनाउँदा एभरेष्ट स्कुलका १२ जना विद्यार्थीले भाग लिन लागेका हुन् ।

भियतनाम बसाइका क्रममा विभिन्न शहरको अवलोकन भ्रमण र त्यहाँका सांस्कृतिक परिवेशको समेत अध्ययन हुने एभरेष्टले जनाएको छ ।

विद्यार्थीहरुको नेतृत्व र व्यक्तित्व विकास हुने लक्ष्य राखिएको यो नमुना महासभाले विश्वको कुटनीति, परराष्ट्र नीति, त्यहाँको संस्कृति, राजनितिक परिवेश र विकास क्रमलाई समेत बुझ्न सहयोग पुग्ने विश्वास लिइएको छ ।

यसअघि एभरेष्ट स्कुलले समेत आन्तरिक रुपमा एभरेष्ट मुनको नाममा नमुना अभ्यास गराएको थियो । कक्षा ८ देखि १२ सम्मका दुई सय भन्दा बढी विद्यार्थीले उक्त नमुना महासभामा विभिन्न देशको प्रतिनिधिका रुपमा भाग लिएका थिए । ‘

भियतनाम मुन’ नाम दिइएको यो कार्यक्रममा समेत ग्लोबल हेल्प फाउण्डेसनले प्राविधिक तथा व्यवस्थापकीय सहजीकरण गरेको एभरेष्ट सहप्राचार्य भण्डारीले बताए। यो कार्यक्रमले विद्यार्थीहरुको क्षमता अभिवृद्धि गरी अन्तर्राष्ट्रिय स्तरका समस्या पहिचान र समाधानका लागि विकल्प खोज्न सिकाउने उनले विश्वास ब्यक्त गए।

तपाईको प्रतिक्रिया