काठमाडौं। तेस्रो संस्कणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्सलाई सविक उपविजेता सुदूरपश्चिम रोयल्स जम्मा ८८ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा सुदूरपश्चिम अलआउट हुँदै ८७ रन बनाएको हो। योसँगै लुम्बिनीले ८८ रनको लक्ष्य पाएको हो।
सुदूरपश्चिमका लागि कप्तान दिपेन्द्रसिंह ऐरीले सर्वाधिक २७ रन जोडे। कप्तान ऐरीपछि शैफ अली जैबले १४ बलमा १३ जोडे। अन्य खेलाडीले दोहोरो अंकसमेत जोड्न सकेनन्।





