विराटनगर । साझा सरोकार डट कमका सम्पादक रोशन पोखरेलले विजयादशमी, २०८३ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दै शुभकामना व्यक्त गरेका छन्।

विजयादशमीको अवसरमा शुभकामना सन्देश जारी गर्दै सम्पादक पोखरेलले यस वर्ष विपत्ति र शोकका बीच दसैँ मनाउनुपरेको उल्लेख गरेका छन्। विपत्तिमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन्। साथै, घरबारविहीन तथा विस्थापित भएका नागरिकको जीवनमा शीघ्र सहजता फर्कियोस् भन्ने कामना गरेका छन्।

असत्यमाथि सत्य र अन्यायमाथि न्यायको विजयको सन्देश बोकेको बडादसैँले समाजमा आपसी सद्भाव, एकता, सहिष्णुता र भाइचाराको भावना सुदृढ बनाउन प्रेरणा दिने विश्वास उनले व्यक्त गरेका छन्।

नवदुर्गा भवानीले सबैलाई व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्र र जनताको हितमा समर्पित हुने शक्ति, सद्बुद्धि र सङ्कटसँग जुध्ने साहस प्रदान गरून् भन्ने कामना गर्दै पोखरेलले दसैँले निराशाबाट आशातर्फ र विपत्तिबाट पुनर्निर्माणतर्फ अघि बढ्न नयाँ ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया