काठमाडौं। आइसिसी क्रिकेट विश्वकप लिग–२ शृङ्खलामा नेपालले आज घरेलु टोली ओमानविरुद्ध खेल्दै छ। यी दुई टोलीबीचको खेल बिहान ११ः१५ देखि मस्कटस्थित अलअमरात क्रिकेट मैदानमा सुरु हुनेछ।

जारी शृङ्खलामा नेपाल र ओमान लगातार दोस्रो जितको खोजीमा छन् । नेपालले पहिलो खेलमा क्यानडालाई २४ रनले हराएको थियो।

यस्तै, ओमानले क्यानडाविरुद्ध ४१ रनको जित निकालेको थियो। नेपाली टोली आज पनि खेलमा जित निकाल्दै अंक तालिकामा सुधार गर्न चाहन्छ।

तालिकाको शीर्ष ६ मा रहेर आइसिसी एकदिवसीय मान्यता जोगाउन नेपालका लागि आजको खेल महत्वपूर्ण छ। ताजा स्थितिमा अंक तालिकामा ओमान चौथो र नेपाल छैटौँ स्थानमा छ।

आइसिसीको नियमअनुसार विश्वकप लिग–२ को तालिकामा शीर्ष ६ मा पर्ने टोलीले सोझै एकदिवसीय मान्यता जोगाउनेछन्। तालिकाको पुछारको दुईवटा टिमले एकदिवसीय मान्यता जोगाउन आइसिसी विश्वकप क्वालिफायर प्लेअफ खेल्नुपर्छ।

तपाईको प्रतिक्रिया