काठमाडौं । सरकारले विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को असोज २ गतेको निर्णयअनुसार श्रेष्ठलाई बढीमा चार वर्षका लागि अध्यक्ष नियुक्त गरिएको हो ।

श्रेष्ठले आज सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् । शपथपछि मन्त्री तिमिल्सिनाले विज्ञापन क्षेत्रको नियमन, व्यवस्थापन र सुधारका लागि परिणाममुखी ढंगले काम गर्न निर्देशन दिएका छन् ।

श्रेष्ठले विज्ञापनसम्बन्धी नीति, ऐन तथा कानुनको प्रभावकारी कार्यान्वयन, सुशासन र सहज सेवा प्रवाहलाई प्राथमिकतामा राखेर नयाँ कार्ययोजनाका साथ अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । उनी नेपाल विज्ञापन संघका पूर्वअध्यक्षसमेत हुन् ।

तपाईको प्रतिक्रिया