मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
गुरुजनको प्रेरणा र सहयोगले प्रतिष्ठा तथा मान सम्मान बढ्नेछ । आन्तरिक प्रतिभा प्रदर्शन गर्ने अवसर मिल्नेछ । मेहनत दोहोर्याउनु परेपनि परिणाम लाभदायक रहनेछ । भौतिक सुखको चाहना भने केही बढ्न सक्छ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
उन्नति र प्रगतिका शुभ समाचारले मन प्रसन्न हुनेछ । प्राविधिक तथा व्यावसायिक क्षेत्रमा सफलता मिल्नेछ । आर्थिक सहयोग प्राप्त हुने सम्भावना छ । चिकित्सा, औषधि, काठ वा फर्निचर व्यवसायमा लाभ मिल्ने योग छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
व्यस्तता र खर्च बढ्ने दिन भएकाले आर्थिक व्यवस्थापनमा ध्यान दिनुहोस् । नयाँ कुरा सिक्ने अवसर मिल्नेछ । लगानी वा नयाँ योजना अघि बढाउँदा राम्रोसँग सोचेर निर्णय गर्नु उचित हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
नयाँ काम सुरु गर्न अनुकूल समय छ । अतिरिक्त आम्दानी वा बोनस प्राप्त हुन सक्छ । सकारात्मक सोचले सम्बन्ध सुधार हुनेछ । करार, सम्झौता वा प्रशासनिक काममा सफलता मिल्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
व्यापार व्यवसायमा राम्रो प्रतिफल मिल्नेछ । नयाँ योजनामा अघि बढ्दा अनुभवको उपयोग गर्नुहोस् । परिवारमा सुख शान्ति रहनेछ । परिश्रमले करियरमा सकारात्मक उपलब्धि दिलाउनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सामाजिक वा धार्मिक कार्यमा सक्रिय हुँदा सम्मान प्राप्त हुनेछ । भाग्यले साथ दिने भएकाले प्रतिस्पर्धा वा परीक्षामा सफलता मिल्ने सम्भावना छ । कार्यशैली सुधार्दा थप प्रगति हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
वैचारिक मतभेद हुन सक्ने भएकाले धैर्य अपनाउनुहोस् । सरकारी वा प्रशासनिक काममा सावधानी आवश्यक छ । आवश्यक कागजात सुरक्षित राख्नुहोस् । आफ्नै मेहनतले काम सफल हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सफलताका लागि मेहनत आवश्यक पर्ने दिन हो । पुराना साथीभाइसँग भेटघाट हुन सक्छ । परिवारका भावना बुझेर अघि बढ्दा सम्बन्ध सुदृढ हुनेछ । कार्यक्षेत्रमा राम्रो उपलब्धि मिल्नेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अनावश्यक काममा समय खर्च नगर्नुहोस् । क्षमता प्रदर्शनबाट प्रतिष्ठा बढ्नेछ । स्वाभिमानका कारण विवाद हुन सक्ने भएकाले संयम अपनाउनुहोस् । पार्टनरसँग अनावश्यक शंका नगर्नु राम्रो हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
नयाँ ज्ञान सिक्ने अवसर मिल्नेछ । धैर्य र मेहनतले लक्ष्य पूरा हुनेछ । दीर्घकालीन लगानीबाट लाभ मिल्ने योग छ । परिवारबाट शुभ समाचार प्राप्त हुन सक्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सानातिना अवरोध आएपनि काम सफल हुनेछ । घरबाट शुभ समाचार प्राप्त हुन सक्छ । व्यापारमा नयाँ अवसर देखिनेछ । अरूको आश्वासनभन्दा आफ्नै प्रयासमा भरोसा गर्नु राम्रो हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
व्यावहारिक सोचले आर्थिक प्रगति गराउनेछ । धार्मिक वा सामाजिक कार्यमा संलग्न हुँदा सम्मान बढ्नेछ । सहकर्मीका कारण केही ढिलाइ भए पनि अन्तत: काम सफल हुनेछ । साथीभाइसँग भेटघाट र व्यक्तिगत काम पूरा हुने योग छ ।







