अस्ट्रिया÷स्वास्थ्यका र भाइचारा लागि खेलकुदभन्ने नाराका साथ अष्ट्रियाको पर्यटकीय सहर इन्स्ब्रुकमाअन्तर्राष्ट्रिय भलिबलप्रतियोगिताभव्य रुपमा सम्पन्नभएको छ । नेपाल युरोपियन स्पोट्र्स क्लब (एनईएससी)ले आयोजना गरेको हो ।
प्रतियोगितामाउत्कृष्ट प्रदर्शन गर्दागर्दै पनि खेलाडी घाइते भएका कारण आयोजकक्लबउपविजेतामा सीमितहुनपुग्यो । एनईएससीले ३ खेल जित्दाफाइनलमाभने फिनल्याण्ड एचएससी क्लबसित ३–० को हार व्यहोर्नु बाध्यभयो ।
एनईएससीले एनबीएससीलाई २–०, एचएससीटी स्वीजरल्याण्डलाई २–० र एचएसभीसीजर्मनीलाई २–० को सेटमा पराजित गरेको थियो । सबै खेलमाउत्कृष्ट प्रदर्शन गरेको एनईएससी एकजना खेलाडी घाइते भएका कारण फाइनलमा पराजितहुनबाध्यभएको एनईएससी दिलकुमार घमालले बताए ।
सन् २०२० मास्थापनाभएको नेपाल युरोपियन स्पोट्र्स क्लबएनईएससीले पछिल्ला प्रतियोगिताहरूमाउल्लेखनीय सफलताहातपारेको छ। सुरुवातमा केवल ४ खेलाडीहरूसँग सुरू भएको क्लबअहिले एक सबल र संगठित टोलीको रूपमा अघि बढिरहेको अध्यक्ष घमालको भनाइ छ ।
‘यस वर्षको प्रतियोगितामाक्लबले तीन खेलमालगातार विजयहासिलगर्दै फाइनलसम्मको यात्रा तय गरेको थियो,’ घमालले भने, ‘तर डेनियल, माइकलको प्रशिक्षणमा टिमले राम्रो गर्दागर्दै पनिएकजनाखेलाडीको खुट्टामा समस्या आएपछि उपाधिजित्नेलक्ष्य पूरा हुन सकेन ।’
अध्यक्ष घमालले कार्यक्रम सफलबनाउन सहयोग गर्ने सुश्री सारा, डेनियल, माइकल, टी भली टिम, गल्र्स टिम तथा सबै पाहुनाहरूलाई धन्यवाददिए ।
नेपाल युरोपियन स्पोट्र्स क्लब (एनईएससी)को उत्कृष्ट प्रदर्शन
